FAQs Complain Problems

संक्षिप्त परिचय

नेपालकाे स‌ंविधान अनुसार मधेश प्रदेशका  जिल्लाहरु मध्येकाे सप्तरीको दक्षिण -पश्मि भागको हुलाकी राजमार्गमा पर्ने यस नगरपालिका वि.सं. २०७३ सालको फाल्गुन २७ गते बोदे बर्साइन बजारमा केन्द्र राखी १० वटा साविकका गा.वि.स.हरू मिलेर नगरपालिकाको स्थापना गरिएको हो ।सप्तरी खासगरि धार्मिक तथा सांस्कृतिक रुपमा परिचित  जिल्ला हाे । सप्तरीलाई स्थानीय रुपमा ९ नगर पालिकाहरु र ९  गाउँपालिकाहरुमा  विभाजन गरिएकाे छ । यस मध्ये काे बाेदे बर्साइन नगरपालिका साविककाे बाेदेवर्साइन‍.फुलकाही,मानराजा,खडगपुर,काचन,देउरी,सारस्वर,धनगढी(१ देखि ८ वडा) र नेगडा गा.वि.स.हरु समेटेर  निर्माण गरिएकाे हाे । हाल नगरपालिकामा जम्मा १० वडाहरु रहेका छन् । नगरपालिकाकाे केन्द्र बाेदे बर्साइन बजारमा रहेकाे छ । यस नगरपालिका काे भुभागले सुरुङ्गा नगरपालिका,खडक नगरपालिका,डाँक्नेश्‍वरी नगरपालिका तथा बलानविहुल गाँउपालिकालाई छोएकाे छ । नगरपालिकाकाे जम्मा क्षेत्रफल ५८.९३(वर्ग कि.मि.)रहेकाे छ । २०७८ सालकाे जनगणना अनुसार बाेदे बर्साइन नगरपालिका काे जनसङख्‍या ४६ हजार  १७ रहेकाे छ । 

                          मिश्रित बसाेवास रहेकाे यस नगरपालिकामा मुख्य गरी हिन्दु र ईस्लाम धर्म मान्‍ने समुदायहरुकाे बसाेवास रहेकाे छ । यस नगरपालिका अन्‍तर्गत पर्ने धार्मिक स्थलहरु मध्ये मानराजा गढी र लक्ष्मी नरायण मन्दिर मुख्य पर्यटकिय क्षेत्रका रुपमा  प्रचलित छन् । यस नगरपालिका मा माछा पालन,पशुपालन,धानखेती,गहु खेती,जुट खेती तथा उखु खेतीकाे प्रचुर सम्भाबना रहेकाे छ ।

२०७८ को जनगणना अनुसार ९७२२ घर धुरी ४६०१७ जनसंख्या

  • पुरुष : २२९१८  (४९.८ %)
  • महिलाः २३०९९   (५०.२ %)

अवस्थित

अक्षांश : २६.५० देखि २६.६२

देशान्तर : ८६.५६ देखि ८६.५९

वडा जन प्रतिनिधि

पूर्व वडा जन प्रतिनिधि

वडा कर्मचारी