FAQs Complain Problems

समाचार

Pages

संक्षिप्त परिचय

नेपालकाे स‌ंविधान अनुसार मधेश प्रदेशका  जिल्लाहरु मध्येकाे सप्तरी खासगरि धार्मिक तथा सांस्कृतिक रुपमा परिचित  जिल्ला हाे । सप्तरीलाई स्थानीय रुपमा ९ नगर पालिकाहरु र ९  गाउँपालिकाहरुमा  विभाजन गरिएकाे छ । यस मध्ये काे बाेदे बर्साइन नगरपालिका साविककाे बाेदे वर्साइन‍.फुलकाही,मानराजा,खडगपुर,काचन,देउरी,सारस्वर,धनगढी(१ देखि ८ वडा) र नेगडा गा.वि.स.हरु समेटेर  निर्माण गरिएकाे हाे । हाल नगरपालिकामा जम्मा १० वडाहरु रहेका छन् । नगरपालिकाकाे केन्द्र बाेदे बर्साइन बजारमा रहेकाे छ । यस नगरपालिका काे भुभागले सुरुङ्गा नगरपालिका,खडक नगरपालिका,डाँक्नेश्‍वरी नगरपालिका तथा बलानविहुल गाँउपालिकालाई छोएकाे छ । नगरपालिकाकाे जम्मा क्षेत्रफल ५८.९३(वर्ग कि.मि.)रहेकाे छ । २०६८ सालकाे जनगणना अनुसार बाेदे बर्साइन नगरपालिका काे जनसङख्‍या ४३ हजार  २ सय २९ रहेकाे छ । 

                          मिश्रित बसाेवास रहेकाे यस नगरपालिकामा मुख्य गरी हिन्दु र ईस्लाम धर्म मान्‍ने समुदायहरुकाे बसाेवास रहेकाे छ । यस नगरपालिका अन्‍तर्गत पर्ने धार्मिक स्थलहरु मध्ये मानराजा गढी र लक्ष्मी नरायण मन्दिर मुख्य पर्यटकिय क्षेत्रका रुपमा  प्रचलित छन् । यस नगरपालिका मा माछा पालन,पशुपालन,धानखेती,गहु खेती,जुट खेती तथा उखु खेतीकाे प्रचुर सम्भाबना रहेकाे छ ।

 

वडा जन प्रतिनिधि

पूर्व वडा जन प्रतिनिधि

वडा कर्मचारी