समाचार
मानराजा गढी बोदे बरसाइन-७
सप्तरीको बोदेबरसाईन नगरपालिका साबिक मानराजा गाउँ विकास समितिमा अबस्थित मानराजा गढी एउटा महत्वपुर्ण अनुसन्धान मुलक ऐतिहासिक ठाउँ छ । जुन प्रसार प्रचारको कमिले आन्तरिक पर्यटक भित्रिआउन सकेको छैन । यो गाविस प्रदेश नम्बर दुई तथा जिल्लाको एउटा महत्वपुर्ण अनुसन्धान मुलक ऐतिहासिक स्थान हो । जिल्लाको विकट ग्रामीण क्षेत्रमा रहेका कारण यो क्षेत्र उपेक्षित रहँदै आएको छ । यस ठाउँमा मानराजा राजा मानदेवको कथा सगँ मेल खाने अनुमान गरेको छ । किराात कोशी प्रदेशका मानराजा मानदेवको कोशी प्रदेशको शासन गर्ने राजधानी थियो । मानराजामा रहेका मुर्तिको कलाकृति सित मिल्दोजुल्दो रहेका छन् । यी तथ्यहरुका आधारमा हालको मानराजा राजा मानदेवको कोशी प्रदेश राजधानी थियो भन्ने अनुमान गर्न सकिन्छ । पुर्वा कालमा मानराजा सानो हुदाँ उनी बालक राजा थिए । मानदेवलाई बालक राजा देखेर पहिले वंशवर्ती पुर्वका सामन्त र पश्चिम गण्डकी पारी मल्लपुरका सामन्त स्वतन्त्र हुनको लागि मानदेवको विरुद्ध उठ्न थाले पछि राजा त्याहाबाट सप्तरी आएका हुन् । उनले आमाको आज्ञा लिई फौज साथ पुर्वका सामन्त दमन गर्नु निस्केको थिए । पुर्वका सामन्त कज्याउन उनलाई गाह्रो परेन । सदरमुकाम राजबिराज देखि १६ किलो मिटर पशिम तथा पुर्व पशिम राजमार्गको करिब १० किमिमा रहेको मानराजा गढीअबस्थित रहेको छ ।यस क्षेत्रबाट १० किमि दक्षिणमा भारतको सिमामा लौकही वजार रहेको छ